४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रेस चौतारी नेपाल रुपन्देहीले गर्यो शुभकामना आदानप्रदान



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा ९एमाले० का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरीले भने, ‘लामो आन्दोलनपछि हामी सबै नेपाली जनताको साथमा रहेर राजनीतिक पार्टी र यो समाजमा रहेका सबै प्रभुत्व वर्गहरुको एकआपसको एकताले हामीले मुलुकमा वर्तमान राजनीतिक परिपाटीलाई स्थापना गरेका छौं ।’ उनले संविधान बनाएर यहाँसम्म आइपुगेको बताए ।

पूर्वमन्त्री गिरीले भने, ‘विगतमा हामीले आन्दोलन गर्दा यो परिवर्तनका लागि सम्पूर्ण जनतालाई आह्वान गर्दा, सम्पूर्ण राजनीतिक पार्टीहरु एकठाउँमा उभिदा हामीले विभिन्न हिसाबले धेरै सपना पनि बाड्यौं ।’
प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : १७ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१