२७ श्रावण २०८३, बुधबार | August 13, 2026

दशैंँको मुखमा चामल बिक्री बन्द



सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा रहेका डिपोमा चामल बिक्री ,वितरण बन्द गरिएको हो ।

दशैंँको लागि भन्दै सर्वसाधारण डिपो तथा शाखा कार्यालयमा चामलका लागि पुगे पनि रित्तो हात फर्कने गरेका छन् । अहिले आपत्कालीन समयमा भन्दै मौज्दात रहेको ७० क्विन्टल चामल शाखामा राखिएको छ ।

कम्पनीले आइतबार सार्वजनिक सूचना जारी गरी अति आवश्यक काममा मात्र प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट चामल वितरण गरिने बताइएको भए पनि अहिले चामल अपुग भएको भन्दै उक्त काममा पनि चामल वितरण नगर्ने जनाइएको छ ।

सोमबार देखि नै चामल लिन कम्पनीको गोदाममा पुगेकी सिमकोट-६ की चादनी रोकायले चामल नपाइएपछि रित्तो हात फर्किनुपरेको बताइन । जिल्लाका अरू डिपो र बिक्री केन्द्रका गोदाम पनि गत असारयता खाली छन् ।

कर्णालीका अन्य ७ जिल्लामा भने सहुलियत मूल्यका पसल सञ्चालन गरी चामल विक्री भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ७ : ३२ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको