२२ बैशाख २०८१, शनिबार | May 4, 2024

कोरोना कहर दक्षिण एसिया सोझिंदै, भारत दिनदिनै उकालो चढ्दै



बुटवल । बिश्वभरी माहामारीको रुप लिएको कोभिड १९ पछिल्लो समय दक्षिण एसियामा झाङ्गिदै गएको छ । दक्षिण एसियाको भारतमा कोभिड १९ ले अझै बढी उग्र बन्दै गएको छ । कोभिड १९ को पछिल्लो तथ्यांक अनुसार भारतले इटालीलाई समेत पछि पार्दै भारत कोरोना कारण संसारका संक्रमित मुलुकको सूचीमा पांचौ स्थानमा पुगेको छ। भारतमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय २२ पुगेको छ।

कोरोना संक्रमितको संख्याका आधारमा संससारका सबैभन्दा बढी संक्रमित मुलुकको सूचीमा भारतभन्दा अगाडि बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिकामात्र बांकी छन् ।

बिश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ब्राजिल र भारतको संक्रमित वृद्धिदर अन्य मुलुकको भन्दा बढी छ। बेलायतमा २ लाख ८४ हजार ८ सय ६८ जना संक्रमित छन् भने भारतले उछिनेको इटालीमा संक्रमित संख्या २ लाख ३४ हजार ८ सय १ रहेको छ। जुन भारतको भन्दा १२ हजार कम हो ।

संक्रमितको संख्यामा अमेरिका २० लाखको नजिक पुगेको छ। अहिलेसम्म अमेरिकामा १९ लाख ८८ हजार ५ सय ४४ जना संक्रमित पुष्टि भएको छ । दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६ लाख ७३ हजार ५ सय ८७ रहेको छ भने तेस्रो स्थानमा रहेको रसियामा ४ लाख ५८ हजार ६ सय ८९ संक्रमित छन्। त्यसपछि स्पेनमा २ लाख ८८ हजार ३ सय ९० संक्रमित रहेका छन्। मृत्यु भएका विरामीको संख्या आंकलन गर्दा प्रतिशतको आधारमा अन्य मुलुकको तुलनामा रसियाको मृत्युदर कम छ। त्यहाँ अहिलेसम्म ५ हजार ७ सय २५ जनाको कोरोनाका कारण मृत्यु भएको छ। जनकी भारतमा यसबाट मर्नेको संख्या ६ हजार ९ सय ४६ पुगिसकेको छ। प्राप्त तथ्यांक हेर्दा अमेरिकामा १ लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन् भने ब्राजिलमा मर्नेको संख्या ३५ हजार ९ सय ५७ पुगेको छ। त्यसैगरि स्पेनमा २७ हजार १ सय ३५ र बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भइसकेको छ।

बिश्व समुदायमा अन्य मुलुकहरुको अवस्था हेर्दा अझै भयाबह नटरेको आंकलन गर्न सकिन्छ । २ साता अघि सम्म बिश्वलाई उछिनेको इटालीमा भने संक्रमित दर घट्दो क्रममा छ । इटालीमा २ लाख ३४ हजार ८०१ संक्रमितहुंदा ३३ हजार ८४६ को मृत्यु भएको छ । पेरुमा १ लाख ९१ हजार ७५८ संक्रमित हुंदा ५ हजार ३०१ जनाको मृत्यु भएको छ । त्यसैगरि फ्रान्समा १ लाख ९० हजार ७५९ संक्रमित पुगेकाछन् जहां २९ हजार १४५ जनाको मृत्यु भएको छ भने जर्मनीमा १ लाख ८५ हजार ४८५ जना संक्रमित हुंदा ८ हजार ६७३ जनाको ज्यान गएको छ । ईरानमा १ लाख ६९ हजार ४२५ संक्रमित छन्, ८ हजार २०९ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ६९ हजार २१८ संक्रमित हुंदा ४ हजार ६६९ जनाको मृत्यु भएको छ । त्यस्तै चिलीमा १ लाख २७ हजार ७४५ संक्रमित पुग्दा १ हजार ५४१ को मृत्यु भएको छ भने मेक्सीकोमा १ लाख १० हजार २६ जना संक्रमित छने जहां १३ हजार १७० जनाको ज्यान गएको छ ।

बिश्वमा अहिले सम्म ६८ लाख ५५ हजार संक्रमित हुंदा ३ लाख ९८ हजार ३२१ जनको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ९ : ०९ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको