४ आश्विन २०८३, आइतबार | September 21, 2026

चिकित्सककले प्रेस्क्रिप्सनमा लेखेको ‘निट राइटिङ’ बन्यो भाइरल



नयाँ दिल्ली । चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र ९सीएचसी०मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे ।

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।
एजेन्सी

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : २७ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन