२७ श्रावण २०८३, बुधबार | August 12, 2026

क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते आत्मसर्पण गर्ने



काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले प्रहरी समक्ष आत्मसपर्पण गर्ने भएका छन् ।

लामिछानेले सामाजिक संजालमार्फत स्टाटस लेख्दै कानूनी लडाईं लड्ने अठोटका साथ आत्मसमर्पण गर्ने तयारीमा रहेको जनाएका छन् । हाल फरार अवस्थामा विदेशमा रहेका लामिछानेले असोज २० गते अर्थात अक्टोबर ६ तारिखका दिन नेपाल फर्किने जनाएका पनि छन् ।

एक किशोरीले बलात्कारको जाहेरी दर्ता गरेपछि केन्यामा क्रिकेट खेल्न पुगेका लामिछाने त्यतैबाट विदेशतिरै बसेका थिए । तर उनले आफु निर्दोष रहेको दाबी गर्दै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । उनले स्टाटसमा लेखेका छन्, ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु ।’
लामिछानेले आफूमाथिको षडयन्त्रको समयसँगै पर्दाफास हुने दाबी समेत गरेका छन् ।

लामिछाने स्वदेश नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फ उनलाई डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार  ११ : २१ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको