४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले नेताहरुलाई चुनावको भन्दा दसैंको टिकाको चिन्ता, टिकट दसैं पछि मात्र वितरण हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली सहितको नेताहरु आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकट वितरण गर्ने कामलाई रोकेर दसैं मनाउन भन्दै गृह जिल्ला पुग्न थालेका छन् । अध्यक्ष ओली सहित नेताहरु दसैं मनाउन काठमाडौं बाहिर जान थालेपछि उम्मेदवारहरुको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेको छ भने उपाध्यक्ष विष्णु पौडेल बुटवल, महासचिव शंकर पोखरेल दाङ दशैं मनाउन पुग्ने भएपछि दशैंपछि मात्र टिकट वितरण हुने भएको हो ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको थियो । तर ओलीले हरेक निर्णयहरु महासचिव शंकर पोखरेलको परामर्शमा गर्ने भएको र दुबैजनाले टिका थाप्न भन्दै जिल्ला तिर हिँड्ने कार्यक्रम बनाएर टिकट वितरणको कामलाई दसैं पछि सारिएको एमालेका एक नेताले बताए ।

हतारमा समय बाँकी छँदै टिकट वितरण गर्दा असन्तुष्टी चुलिने र बिद्रोह हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर ओलीले मनोनयन गर्ने दिनको नजिकै टिकट वितरण गर्ने रणनीति बनाएको हुन सक्ने आँकलन गरिएको छ । ओलीको निर्णयमा फरक मत राख्ने साहस एमालेमा रहेका नेताहरुमा नरहेपनि ओली आफै अन्तिममा टिकट वितरण गर्ने तयारीमा रहेका एमाले स्रोतको दाबी छ । ‘ओलीले चाहेको भए ओलीले बुवालाई काठमाडौं बोलाउन सक्थे। तर जानाजान टिकट वितरणको कामलाई ढिलाई गर्न ओली झापा जाने कार्यक्रम तय गरियो,’ स्रोतले बतायो ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५४ बजे

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त