२७ श्रावण २०८३, बुधबार | August 13, 2026

एमाले नेताहरुलाई चुनावको भन्दा दसैंको टिकाको चिन्ता, टिकट दसैं पछि मात्र वितरण हुने



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली सहितको नेताहरु आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकट वितरण गर्ने कामलाई रोकेर दसैं मनाउन भन्दै गृह जिल्ला पुग्न थालेका छन् । अध्यक्ष ओली सहित नेताहरु दसैं मनाउन काठमाडौं बाहिर जान थालेपछि उम्मेदवारहरुको टिकट वितरण दशैंको टीकापछि मात्रै हुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेको छ भने उपाध्यक्ष विष्णु पौडेल बुटवल, महासचिव शंकर पोखरेल दाङ दशैं मनाउन पुग्ने भएपछि दशैंपछि मात्र टिकट वितरण हुने भएको हो ।

गएको बिहीबार बसेको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको थियो । तर ओलीले हरेक निर्णयहरु महासचिव शंकर पोखरेलको परामर्शमा गर्ने भएको र दुबैजनाले टिका थाप्न भन्दै जिल्ला तिर हिँड्ने कार्यक्रम बनाएर टिकट वितरणको कामलाई दसैं पछि सारिएको एमालेका एक नेताले बताए ।

हतारमा समय बाँकी छँदै टिकट वितरण गर्दा असन्तुष्टी चुलिने र बिद्रोह हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर ओलीले मनोनयन गर्ने दिनको नजिकै टिकट वितरण गर्ने रणनीति बनाएको हुन सक्ने आँकलन गरिएको छ । ओलीको निर्णयमा फरक मत राख्ने साहस एमालेमा रहेका नेताहरुमा नरहेपनि ओली आफै अन्तिममा टिकट वितरण गर्ने तयारीमा रहेका एमाले स्रोतको दाबी छ । ‘ओलीले चाहेको भए ओलीले बुवालाई काठमाडौं बोलाउन सक्थे। तर जानाजान टिकट वितरणको कामलाई ढिलाई गर्न ओली झापा जाने कार्यक्रम तय गरियो,’ स्रोतले बतायो ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ९ : ५४ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको