१ पुस २०८२, मंगलबार | December 16, 2025

हेटौंडाको चुरियामाई मन्दिर नजिकै बस दुर्घटना, २ जनाको मृत्यु



हेटौंडा । मकवानपुरको हेटौंडास्थित चुरियामाई मन्दिर नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस हेटौंडा उपमहानगरपालिका वडा नं. १५ चुरीयामाइ मन्दिर नजिक गएराति दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी अन्य ३६ यात्रु घाइते भएका प्रवक्ता कार्कीले बताए । रात्रि बस आफैँ अनियन्त्रित भई नालीमा खसेको प्रहरीको  अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा घाइते भएका ३६ मध्ये ३० जना उपचारपछि ‘डिस्चार्ज’ भइसकेको र थप उपचारका लागि दुई जनालाई काठमाडौं र तीन जनालाई भरतपुर ‘रिफर’ गरिएको प्रहरीले जनाएको छ । घाइते एक जनाको भने हेटौँडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज