२३ बैशाख २०८३, बुधबार | May 6, 2026

निर्वाचनमा करिब २० हजार पर्यवेक्षक परिचालन हुने



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् ।

आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । विदेशीतर्फ हालसम्म दुईवटा संस्थाले पर्यवेक्षणका लागि अनुमति पाएका छन् । उनले केही संस्थाहरु पर्यवेक्षकलाई सहरी र सुविधा सम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने गरी काम भइरहेको बताए ।

आयोगले भारत, बङ्गलादेश, भूटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रमुख निर्वाचन आयुक्तहरु तथा मतदानको दिन अवलोकनका लागि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरुलाई मतदानको अवलोकनका लागि आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : ०१ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल