४ पुस २०८२, शुक्रबार | December 20, 2025

स्वास्थ्य सुरक्षा अपनाई उद्योग व्यवसाय खोल्न उद्योगी व्यवसायीबाट दबाब



काठमाडौं । उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् ।

लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक मत देखिएका छन् ।

उनीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उत्पादनमुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन्

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ५ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको