१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

स्वास्थ्य सुरक्षा अपनाई उद्योग व्यवसाय खोल्न उद्योगी व्यवसायीबाट दबाब



काठमाडौं । उद्योगी व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गरी स्वास्थ्य सुरक्षा अपनाई सबै क्षेत्रलाई खोल्नुपर्ने बताएका छन् ।

लामो समय लकडाउन हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेकाले अब उद्योग व्यवसाय खोल्नुको विकल्प नरहेकोमा सबै क्षेत्रका उद्योगी व्यवसायीहरु एक मत देखिएका छन् ।

उनीहरुले सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गर्न सकिने, यातायातका साधनहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोल्नुपर्ने, होटल व्यवसायलाई क्रमश सञ्चालन गर्नुपर्ने गरी चरणवद्ध र योजनावद्ध रुपमा सबै क्षेत्रलाई खोल्नु पर्ने बताएका छन् ।

उद्योगी व्यवसायीहरुले लामो समय लकडाउन भएका कारण हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उत्पादनमुलक उद्योगलाई खोल्ने तर यातायात र पसलहरुलाई नखोल्ने हो भने कुनै अर्थ नहुने भएकाले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर न्यूनतम स्वास्थ्य सुरक्षाका विधिहरु अपनाई खोल्ने व्यवस्था गर्नुपर्ने उद्योगी व्यवसायीहरुले बताएका छन्

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ५ : २५ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३