२७ श्रावण २०८३, बुधबार | August 13, 2026

ज्याला नपाउँदा मजदुरले दशैँ मनाउन पाएनन्



कैलाली । बडादशैँको उमङ्ग र उत्साह यतिबेला सबैतिर छ । यो पर्व मनाउन सबै आ आफ्नो शक्ति र गच्छेअनुसार चाजोपाँजो मिलाउन व्यस्त छन् तर कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर भने दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन् ।

चाडपर्वले सबैतिर उत्साह छाइरहँदा आफूहरु ज्यालाका लागि भौतारिनु पर्दा खल्लो महसुस भइरहेको पीडित स्थानीय प्रेम आचार्यले गुनासो गरे। खुटिया-दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को हाटखोली सडक खण्डमा काम गरेका झण्डै एक सय ५० मजदुरलाई निर्माण कम्पनीले अहिलेसम्म ज्याला रकम नदिएको पीडित मजदुरले बताएका छन् ।

उनले भने, “निर्माण कम्पनीलाई ज्याला रकम उपलब्ध गराइदिन पटकपटक अनुरोध गर्दै आएका छौँ, तर निर्माण कम्पनीका प्रमुखले मजदुरको फोन उठाउनै छोड्दा ज्याला रकम डुब्ने चिन्तामा छौँ ।” “मजदुरले दैनिक काम गरेबापत पाउनुपर्ने रु दुई हजारदेखि ५० हजारसम्मको रकम लिन बाँकी छ”, अर्का मजदुर रकिल घर्तीमगरले भने, “मजदुर खोजेर निर्माणको काममा लगाइदिने आफूसहितका चार जनाको झण्डै रु १६ लाख निर्माण कम्पनीले भुक्तानी दिएको छैन ।”

लामो प्रयासपछि ज्याला नपाएपछि निराश हुँदै कतिपय युवा कामदार कामको खोजीमा भारतको सिमलातर्फ हिँडेका छन् । यतिबेला स्याउ टिप्ने मौसम सुरु हुँदा काम पाउने आशामा मजदुर सिमलातर्फ गएको बताइएको छ । ज्याला रकम भुक्तानीमा सहयोग गरिदिन श्रम कार्यालय, वडा कार्यालय र प्रहरी निकायमा पुग्दा पनि आफूहरुको समस्या समाधान हुन नसकेको उनीहरुको गुनासो छ ।

मजदुरका समस्या बारेमा बुझ्न खोज्दा सडक निर्माणको ठेक्का पाएको अनिष्ठा निर्माण कम्पनीका रोशन आचार्यले टेलिफोनको सम्पर्कमा आउन चाहेनन् । खुटिया–दीपायल फास्ट ट्रयाकको निर्माणको काम सङ्घीय सरकारको सडक विभाग मातहतको निकायबाट भइरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १० : ५६ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको