४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाढी र पहिरोको वितण्डा : देशका दर्जनौ सडकहरु अवरुद्ध, नारायणगढ-पोखरा, बुटवल-स्याङ्जा सडक पनि अवरुद्ध



काठमाडौं । बिगत २ दिनदेखि आएको अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोले देशभर जनजीवन प्रभावित बनाएको छ । दसैंको टिका लगाउन एक स्थानबाट अर्को स्थानमा जानुपर्ने सर्वसाधरण मर्कामा परेका छन् भने टिका थाप्नका लागि गन्तब्य तय गरेकाहरु बाटो मै अलपत्र परेका छन् । देशको विभिन्न स्थानहरुबाट सडक अवरुद्ध भएको खबर प्राप्त भइरहेका छन् ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो आवागमन अवरुद्ध भएको छ । आज बिहानैबाट सो सडक खण्ड अवरुद्ध भएको हो ।

यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ भने ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा खण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा खण्डको वालिङ–गल्याङखण्डमा पहिरोले सडक अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

बेनी–जोमसोम सडक पनि अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर सहितको दर्जन बढी सडक अवरुद्ध भएको गण्डकी ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको