३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बाढी र पहिरोको वितण्डा : देशका दर्जनौ सडकहरु अवरुद्ध, नारायणगढ-पोखरा, बुटवल-स्याङ्जा सडक पनि अवरुद्ध



काठमाडौं । बिगत २ दिनदेखि आएको अविरल वर्षा र त्यसबाट आएको बाढी पहिरोले देशभर जनजीवन प्रभावित बनाएको छ । दसैंको टिका लगाउन एक स्थानबाट अर्को स्थानमा जानुपर्ने सर्वसाधरण मर्कामा परेका छन् भने टिका थाप्नका लागि गन्तब्य तय गरेकाहरु बाटो मै अलपत्र परेका छन् । देशको विभिन्न स्थानहरुबाट सडक अवरुद्ध भएको खबर प्राप्त भइरहेका छन् ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो आवागमन अवरुद्ध भएको छ । आज बिहानैबाट सो सडक खण्ड अवरुद्ध भएको हो ।

यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ भने ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा खण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गको सुनौली–पोखरा खण्डको वालिङ–गल्याङखण्डमा पहिरोले सडक अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

बेनी–जोमसोम सडक पनि अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौर सहितको दर्जन बढी सडक अवरुद्ध भएको गण्डकी ट्राफिक प्रहरी कार्यालय पोखराले जनाएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ९ : ४६ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क