२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमाले-राप्रपा-जसपा गठबन्धन पछि को होलान् बाँके २ को उम्मेदवार ?



नेपालगन्ज । एकाएक एमाले र जसपाबीच चुनावी समिकरण हुने देखिएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन रोमाञ्चित बन्ने भएको छ । पूर्ववत समिकरणमा एमालेको समर्थनमा चुनावी प्रचारमा होमिइसकेको राप्रपाका नेता धवलसम्सेर राणा र नयाँ समिकरणबाट पूर्ववत सत्ता गठबन्धनबाट चुनावी मोर्चामा उत्रिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको एउटै निर्वाचन क्षेत्र परेपछि बाँके २ को निर्वाचन रोमाञ्चित बन्न पुगेको हो ।

एमाले राप्रपा गठबन्धनबाट पहिले देखि नै चुनावी तयारीमा लागेका धवल सम्सेरको चुनावी तयारी काम लाग्ने हो की इस्तियाक राईले खोसिदिने हुन् ? उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा अन्यौलमा पुगेको छ । नयाँ चुनावी समिकरणमा बाँके २ जसपा नेता राई र राप्रपा नेता राणाको एउटै निर्वाचन क्षेत्र परेपछि एमालेसँगको समिकरण जटिल बनेको छ ।

बाँकेमा शुरुदेखि नै राणा र राईले एक आपसमा प्रतिद्वन्द्वी मान्दै आएका छन् । दुबैको चुनावी सभाहरुमा एकले अर्कालाई छेडछाड र ब्यंग र प्रहार गर्दै आएका छन् । दुबै उम्मेदवारले पिर्ता लिने अवस्था नआएमा बाँके २ मा मित्रवत प्रतिस्पर्धा गर्दै एक्ला एक्लै निर्वाचन लड्ने सम्भावना पनि रहेको छ । सत्ता गठबन्धनमा पनि कांग्रेसले सुशिल कोईरालको निर्वाचन क्षेत्र भन्दै दाबी कायम राखेपछि जसपा नेता राईले कांग्रेसलाई उम्मेदवारी दिन र मित्रवत प्रतिस्पर्धा गर्दै एक्ला एक्लै चुनाव लड्न प्रस्ताव गरेका थिए । ‘समिकरण र धवलसम्सेरका लागि इस्तियाक राईले मैदान खाली गर्नु हुन्न ।’ राई निकट जसपा नेताले भने ।

अन्य क्षेत्रमा एमाले-राप्रपा-जसपा गठबन्धन भएपनि बाँके २ मा एक्लाएक्लै निर्वाचन लड्ने सहमति हुन सक्ने जसपा स्रोतले जनाएको छ । यस अघि एमाले-राप्रपा गठबन्धनबाट नेपालगन्जका पूर्व मेयर धवल सम्शेर र सत्ता गठबन्धनबाट इस्तियाक राई उठने पक्कापक्की भएकोमा आजबाट समिकरणको ढाँचा फेरिएको हो ।

अहिले सम्म जसपाकै पोल्टामा भाग पारेर मौन बसेको सत्ता गठबन्धनबाट बाँके २ मा काँग्रेस र माओवादी मध्य एक दलले उम्मेदवार उठाउने छन् । सम्भवत कांग्रेस सभापति देउवाले बाँके २ मा शेखर समूहका कुनै एक नेतालाई उम्मेवार बनाउने सम्भावना पनि देखिन्छ । राजकुमार वर्मा, किरण कोईरालाको नाम बाँके २ का लागि अग्रभागमा आउने गरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १० : ५९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार