३ पुस २०८२, बिहिबार | December 19, 2025

लकडाउन मोडालिटीबारे सरकार अझै अलमलमा, मध्यरातसम्म बैठक बसेपनि निस्किएन निस्कर्ष



काठमाडौं । मध्यरातसम्म बैठक बसेर छलफल गरेपनि सरकार लकडाउनको मोडालिटीबारे कुनै निर्णय गर्न असफल भएको छ ।

निरन्तरको लकडाउनबाट प्रभावित आम नागरिकले लकडाउन उलंघन गरपरहेका बेला सरकार विकल्प दिन फेरिपनि असफल भएको हो । लकडाउनको स्वरुप परिर्वतनको निर्णय गर्न बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठक कुनै निर्णयमा पुग्नै सकेन ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा आइतबार मध्यरात सम्म बसेको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौदामा छलफल गरेपनि टुंग्याउन सकेन।

विगत केही दिन देखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसंगको छलफल पछि तयार पारेको मस्यौदा तयार भएको थियो । तर, सरकारकै मन्त्रीहरू एवं उच्चअधिकारीहरूबीच मतैक्यता नहुँदा झन अन्यौल बढेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले कार्ययोजनाको मस्यौदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौदा परिमार्जन गरी पुन अर्को बैठकमा पेश गर्ने निर्णय भएको मात्र जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “तयार भईरहेको कार्ययोजनाको मस्यौदामा आजपनि घनीभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पुर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् ।”

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ४५ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको