२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषालाई



सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आयोजना गरिएको प्रथम राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि धनुषा भलिबल टिमले हात पारेको छ । प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा उसले मोरंग टिमलाई ३-२ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट्मा धनुषा २२ काविरुद्ध २५, दोस्रो सेटमा मोरङ २१ काविरुद्ध २५, तेस्रो सेटमा धनुषा २१ काविरुद्ध २५, चौथो सेटमा मोरङ २१ काविरुद्ध २५ तथा अन्तिम तथा पाचौं सेट्मा १४ काविरुद्ध १६ अंक जोडे ।

उपाधि जितेसँगै धनुषा टिमले नगद रू १ लाख नगदसहित ट्रफी हात पारेको छ । यस्तै दोस्रो भएको मोरंग टिम नगद रू ५१ हजार र ट्रफी हात पारे ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले विजेता तथा उप विजेता टोलीलाई नगद पुरस्कार,कप तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवले युवालाई कुलतबाट बचाउन खेलकुदमा आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा विद्यालयले खेलकुद गतिविधि बन्द गर्दा बालबालिका पनि कुलतको बाटोमा फसिरहेको भन्दै जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन यादव, वडा नम्बर २ का अध्यक्ष सिकिन्दर साह, वडा नम्बर ३ का अध्यक्ष विजय यादव, वडा नम्बर ७ का अध्यक्ष अच्छेलाल यादव, छिन्नमस्ता मन्दिरका पिठाधिश महाकान्त ठाकुरसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

छिन्नमस्ता गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा देशभरिका १० जिल्लाको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : ४० बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार