९ पुस २०८२, बुधबार | December 24, 2025

रुपन्देही २ बाट राजु गुरुङले दर्ता गराए उम्मेदवारी, एमालेको गढ भत्काउने दाबी



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारकारुपमा गुरुङले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै मनोनयन दर्ता गराउन रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन दलका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय सम्म पुगेका थिए । युवाहरुमाझ लोकप्रिय मानिँदै आएका गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धा गर्ने छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले यसपटक गठबन्धनले एमालेको गढ तोडिने दाबी गरे । उनले पौडेलले झुट्टा आश्वासन बाँड्दै आएको आरोप लगाउँदै मतदाता यसपटक भ्रममा नपर्ने जिकिर गरे ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रदेशसभामा (क)बाट काँग्रेसका दीर्घबहादुर केसी र (ख) मा नेकपा माओवादीका नेता बामदेव क्षेत्री घिमिरेले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी