७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देही २ बाट राजु गुरुङले दर्ता गराए उम्मेदवारी, एमालेको गढ भत्काउने दाबी



बुटवल । रुपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवारकारुपमा गुरुङले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै मनोनयन दर्ता गराउन रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन दलका कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय सम्म पुगेका थिए । युवाहरुमाझ लोकप्रिय मानिँदै आएका गुरुङले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धा गर्ने छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले यसपटक गठबन्धनले एमालेको गढ तोडिने दाबी गरे । उनले पौडेलले झुट्टा आश्वासन बाँड्दै आएको आरोप लगाउँदै मतदाता यसपटक भ्रममा नपर्ने जिकिर गरे ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रदेशसभामा (क)बाट काँग्रेसका दीर्घबहादुर केसी र (ख) मा नेकपा माओवादीका नेता बामदेव क्षेत्री घिमिरेले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ४ : ०९ बजे

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । जापानमा जारी २० औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज

लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीको अपिल

दाङ । लुम्बिनी प्रदेशमा असोज ९ देखि ११ गतेसम्म मेघगर्जन,