२९ पुस २०८२, मंगलबार | January 13, 2026

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन होइन : रामचन्द्र पौडेल



तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ४ मंसिरमा हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए ।

उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’

पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा संचार दिन आफूहरुले चाहेको बताए ।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।

उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । म यही प्रण गरेको छु ।’

पौडेलले गाँउमा सबैै विकासका पूर्वाधार बनाउँदा पनि गाउँमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : ०९ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत