२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

अबको एजेण्डा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने हो : पम्फा भुसाल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिनिधिसभा सदस्य पदका लागि ललितपुरको क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् ।

ललितपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाउलाखेल पुगेर उहाँले आज मनोनयन दर्ता गरेकी हुन्। उनीसहित पाँच दलीय गठबन्धका नेताहरू नेवारी झाँकीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले अबको निर्वाचनले संविधान कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन । उनले अब आफ्नो मुद्दा संविधान कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नु रहेको दाबी गरिन् ।

भुसालले भनिन्, “संविधानको कार्यान्वयन र संस्थागत गर्ने प्रक्रिया हो । लोकतन्त्रलाई बलियो बनाउने प्रक्रिया हो । यो क्षेत्र मैले दुई पटक जितेको क्षेत्र हो । त्यसैले यही क्षेत्रमा जनताको, व्यवस्थाको सेवा गर्ने नयाँ प्रण गरेर उम्मेदवारी दर्ता गरेको छु ।”

उनीसँगै ललितपुर निर्वाचन क्षेत्र नं ३ को (क)बाट माओवादीका केन्द्रीय सदस्य राजकाजी महर्जनले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाछन् भने (ख)बाट नेपाली कांग्रेसका नेता जितेन्द्रकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गरेकाछन् ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ५ : २३ बजे

रोल्पा बोटलबारा पहिरो अपडेट : १० जना बेपत्ता, खोजी जारी

रोल्पा । रोल्पास्थित थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको विरोधमा

मध्यरातमा घर खानतलासीपछि एकाबिहानै जनआस्था कार्यालयमा प्रहरीको छापा

काठमाडौं । जनआस्था साप्ताहिकका सञ्चालक तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न