६ भदौ २०८३, शनिबार | August 22, 2026

निकारागुवामा भीषण आँधी : २८ जनाको मृत्यु



निकारागुवा । निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ ।

अमेरिकाको नेसनल हरिकेन सेन्टर (एनएचसी) ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन् । होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिँदा चार वर्षीय बालकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको बताएको छ । मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको मृत्यु भएको छ ।

एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ । पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : १७ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ । पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक

जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन डोजर चल्यो

जनकपुरधाम । जनकपुरधामका गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियान सुरु

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : सुरुभयो मतदान

नेपालगन्ज । बाकेका उद्यागी व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योय वाणिज्य

कसले थाम्ने नेपालगन्ज उद्योग वाणिज्य संघको विरासत !

नेपालगन्ज । सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगन्ज उद्योग

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

बागलुङ । किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया बागलुङबाट वीरगञ्ज