२३ बैशाख २०८३, बुधबार | May 6, 2026

एमालेले बागी र स्वतन्त्र उम्मेदवारमाथि थाल्यो कारवाही



काठमाडौं । नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेतालाई कारवाही गर्ने भएको छ । पार्टीको निर्णय विपरित बागी उम्मेदवारी दिएका उनीहरुको नाम पार्टी सदस्यता अभिलेखबाट एमालेले हटाउने भएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएपछि एमालेले उनीहरूलाई कारवाही गर्न थालेको हो ।

पार्टीको वा पार्टीले समर्थन जनाएका उम्मेदवारका विरुद्ध स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूलाई कारवाही स्वरुप उनीहरुको नाम पार्टी सदस्यताको अभिलेखबाट हटाईने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।

एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा रुपन्देहीका नेता घनश्याम भुसाल र रौतहटबा प्रभु साह छन् भने केन्द्रीय सदस्यहरूमा रौतहटकै कुन्दन कुशवाह, दाङकी गंगा चौधरी सत्गौवा र डोल्पाका बदमी क्वारा बुढा रहेका छन् ।

एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माका विरुद्ध सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका कारण घनश्याम भुसाल कारवाहीमा पर्ने एमालेले जनाएको छ । यद्देपी भुसालले कारवाही पूर्व आफुले एमाले त्यागेको घोषणा गरेका थिए । भुसालमाथि पार्टीमा अध्यक्ष केपी ओली विरुद्ध बोल्ने गरेको, दशौं महाधिवेशनमा ओलीको निर्देशन विपरित उपाध्यक्ष पदमा उम्मेदवारी दिएको तथा दश बुँदे सहमति पछि ओलीको निर्देशन अनुसार माफि नमागेको एमालेको ओली खेमाले आरोप लगाउने गरेका छन् । अध्यक्ष ओलीको संसद् विघटन गर्ने कदमको समेत विरोध गरेका भुसाललाई ओलीले माफि माग्न भनेपनि भुसालले माग्न तयार भएका थिएनन् ।

उता अर्का स्थायी समिति सदस्य प्रभु साहले भने टिकट पाउँदा पाउँदै पनि जसपासँग भएको तालमेलको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालले कारवाही गर्ने भएको हो । साहलाई एमालेले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट टिकट दिए पनि उनले जसपासँगको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी पूर्व माओवादी हुन् । बेलाबखत पूर्व माओवादीमाथि ओलीले विभेद गरेको भन्दै गुनासो गर्दै आएका साहले साहले मधेसका ८ वटै जिल्लामा एमालेले जसपालाई छाडेको क्षेत्रहरुमा स्वतन्त्र उठाउको एमालेले आरोप लगाएको छ ।

अघिल्लो निर्वाचनमा समानुपातिक ढोकाबाट संसदमा छिरेकी एमाले केन्द्रीय सदस्य गंगा चौधरी पनि एमालेबाट आउट भएकी छन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ बाट टिकट नपाएपछि पार्टी त्याग गरेको घोषणा गरेकी चौधरीको नाम पनि एमालेले पार्टी सदस्यको सूचीबाट हटाउने भएको छ । गंगा चमैधरीले एमाले पोलिटव्युरो सदस्य शान्ता चौधरीका विरुद्ध स्वतनत्र उम्मेदवारी दिएकी छन् । राष्ट्रियताको सवालमा खरो उत्रँदै आएकी चौधरी एमसीसी लगायतका विषयमा एमाले मौन रहँदा विरोध गरेकी थिइन् ।

एमाले नेता भीम रावलले भने उपयुक्त समयमा बोल्ने भन्दै टिकट नपाएपनि मौन बसेका छन् । ट्वीट मार्फत असन्तुष्टी पोखेपनि रावलले एमाले अध्यक्ष ओलीको टिकट वितरणमा भएको भेदभावका विरुद्ध कुनै टिप्पणी गरेका छैनन् । रावल मौन बसेपनि उनको अछाम जिल्लामा भने जिल्ला कमिटकिा पदाधिकारी सहित ३० बढी एमाले नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : ४३ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा