२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पछिल्लो ६ दिनमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता



काठमाडौं । पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् । गृहका अनुसार बितेको ६ दिनमा विपद्का घटनामबाट १८१ परिवार प्रभावित भएका छन् ।

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृहले जनाएको छ ।

यसवर्ष (२०७९ वैशाख १ गतेदेखि असोज २५ गतेसम्म) विपद्का घटनामा परी नेपालमा २७६ जनाको मृत्यु भइसकेकाे छ । पछिल्लो करिव ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् ।

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गएको छ । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ । गृह मन्त्रालयका अनुसार यसवर्ष विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : २८ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक