३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

बारामा एकै परिवारका तीन जनाको हत्या



बारा । बाराको प्रसौनीमा एकै परिवारका तीन जनाको हत्या गरि फालेको अवस्थामा शव फेला परेको छ । प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित खोला किनारमा आमा र दुई छोराछोरीको शव फेला परेको हो ।

प्रस्टोका गाउँदेखि करिब दुई किलोमिटर टाढा रहेको ढोरा खोलामा स्थानीय दीपेन्द्र चौधरीकी २५ वर्षीया श्रीमती सुजाता, तीन वर्षीया छोरी ताहिरा र १६ महिनाको छोरा राजविरको हत्या गरी फालेको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार तीनै जनाको विभत्स हत्या गरिएको छ । प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ । उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

प्रहरीले घटनामा दीपेन्द्रकै संलग्नता रहेको आशंका गरेको छ । श्रीमती र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ६ : ०२ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा