२९ मंसिर २०८२, सोमबार | December 15, 2025

राजु गुरुङको रिट दर्ता, शुक्रबार पेसी



काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार आफ्नो उम्मेदवारी खारेका विरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अनाधिकृतरुपमा आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै सवोच्च पुगेका गुरुङको रिट निवेदन आज साँझ सर्वोच्चमा दर्ता भएको हो ।

कसैको दाबी विरोध र उजुरी नपरेकै अवस्थामा निर्वाचन अधिकृत उदवीर नेपालीले गुरुङको उम्मेदवारी खारेज गरिदिएको भन्दै गुरुङ निवर्तमान कानुन मन्त्री गोविन्द कोईराला बन्दी र बरिष्ठ अधिवक्ताहरु शम्भु थापा र रमण श्रेष्ठलाई लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । गुरुङको कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएका थिए ।

गुरुङले आफु विरुद्ध कुनै उजुरी नपरेको र कर्जा सूचना केन्द्रको कालोसूचीमा आफू नभई आफू सेयर सदस्य रहेको कम्पनी मात्रै परेको भन्दै आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गरेका छन्

 

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ६ : ०१ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ