३ चैत्र २०८२, मंगलबार | March 17, 2026

दशै र तिहार बिदा मनाउन आएका पर्यटकले लमजुङका होमस्टे भरिए



लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दशै र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समुह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०र६० जना आन्तरिक पर्यटक आएका छन ।

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए । “कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरु विहान मात्रै आएका छन ।

सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यावस्थापन समितीका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओईरो लागेको हो । घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : २१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड