२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

सुनकोशी-मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु



सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी-मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छिन ।

सुनकोशी-मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी-बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो ।

मरिन खोलवाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१-७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।

सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ३३ बजे

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ः०० बजे बस्दैछ

किशोर श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल

रोल्पा पहिरोमा पुरिएका १० मध्ये ३ जनाको शव फेला

रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण

सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा युवकको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरामा टिपर दुर्घटना हुँदा एक