४ आश्विन २०८३, आइतबार | September 20, 2026

अयोध्याबाट आएको ‘राम राज्य रथ यात्रा’ को नेपालगञ्जमा भब्य स्वागत



नेपालगन्ज । हिन्दुहरुका देवता मर्यादा पुर्षोत्तम श्रीरामको दिग्विजय राम राज्य रथ यात्रा बिहीबार नेपालगञ्जमा आईपुगेको छ ।

भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुरु भएको रथ यात्रा भारत र नेपालका विभिन्न शहरहरुको १५ हजार किलोमिटरको यात्रा गर्दै विहिबार नेपालगञ्जमा आइपुगेको हो । विजय दश्मीका दिन अयोध्याबाट प्रस्थान गरेको राम राज्य रथ भारतको २२ वटा राज्य र नेपालका ५ वटा प्रदेशहरु भएर पुनः अयोध्या पुगेर महायज्ञ गर्नेछ ।

नेपालगञ्जका लागि यात्रा संयोजन गरी रहेका हिन्दु अगुवा ललित रौनियार अनुसार नेपालगञ्जको गनापुर स्थित रहेको शनि मन्दिर धाममा पवित्र रथको स्वागत गरी मोटरसाइकल र्‍यालीका साथ नेपालगञ्ज नगर परिक्रम गरेर भब्य स्वागत गरिएको हो ।

शिव सेना बाँकेको अगुवाईमा भएको रथ यात्राको भब्य स्वागत पश्चात पश्चित नेपाल कै प्रसिद्ध शक्ति पिठ माता बागेश्वरी पार्क स्थित सत्संघ परिसरमा गत राति प्रवचन कार्यक्रम समेत गरिएको थियो ।

भारतको अयोध्याबाट प्रथान गरेको रथ यात्रा भारत र नेपालका विभिन्न राज्यमा रहेका पवित्र स्थलहरुमा प्रवेश गर्दै नेपालगञ्जमा बिहीबार दिउँसो ३ बजे नेपालगञ्ज आइपुगेको थियो । उक्त रथ यात्रा सनातान हिन्दु एकताको लागि आयोजना गरीएको बुझिएको छ ।

भारतको बैगलोरका जगतगुरु स्वामी सत्यनन्द सरस्वतीको नेतृत्वमा विभिन्न स्थानको परिक्रमा गर्दै हिन्दु एकताको ध्रुवीकरण गर्ने बताईएको छ ।

नेपालगञ्ज हुदैँ महाकाली गड्डाचौकीबाट आयोध्या पुगेर समापन हुने कार्याक्रम रहेकोमा बिहीबार मानिकापुरको कोठारपुरमा रहेको शनिदेव मंदिरमा स्वागत गरिएको थियो । यो रथ यात्रा ६० दिनमा १५ हजार किलोमिटर तय गर्नेछ ।

नेपालगञ्ज शहरको परिक्रममा गर्दै हनुमन्त गौशाला प्रांगणमा राती विश्राम पछि शुक्रबार नेपालगञ्जबाट टीकापुर र त्यहाँबाट अतरिया हुँदै महेन्द्रनगर, गड्डाचौकी टनकपुर हुँदै भारतको उत्तराखंड प्रदेशमा प्रवेश गर्ने रुट तय गरीएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : २० बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल