३० पुस २०८२, बुधबार | January 14, 2026

हाम्रो नेपाली पार्टीसहित तीन वटा निर्वाचन चिन्ह हेरफेर



काठमाडौं । निर्वाचन आयोगले विभिन्न उम्मेदवारलाई वितरण गरेको चुनाव चिन्हमध्ये तीन वटामा सामान्य हेरफेर गरेको छ । आयोगले शनिवार विज्ञप्ती जारी गर्दै ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारित चिन्हमध्ये तीन वटा निर्वाचन चिन्हमा सामान्य हेरफेर गरिएको जनाएको हो ।

आयोगको २७ असोजको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी ती निर्वाचन चिन्हको अनुसूचीमा हेरफेर गरिएको हो । निर्वाचन आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको हो ।

उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, ०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिन्ह लौरो र अनुसूची-३० को खण्ड (क) मा रहेका स्वतन्त्र उम्मेदवारको लागि निर्धारित निर्वाचन चिन्हअन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचन चिन्हमा हेरफेर गरिएको छ । हेरफेर गरिएका निर्वाचन चिन्हसहितको विवरण आयोगको वेभ साइटमा राखिएकोे आयोगका प्रवक्ता कमल भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ४ : २५ बजे

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८०

पाल्पाको जोर्तेमा टिपर दुर्घटना, एकजनाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर

कांग्रेसको त्रिपक्षीय वार्ता पुनः सुरु हुँदै, देउवाको भूमिकालाई लिएर सहमतिको प्रयास

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद

सिन्धुलीको एसबीआई बैंकमा लुटपाट, सुरक्षा गार्डको हात काटियो

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र

नेकपा र सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी