२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नवौँ राष्ट्रिय खेलकुदः १५ स्वर्ण सहित सेना शीर्षस्थानमा



कास्की । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । हालसम्म ३० स्वर्ण पदकको छिनोफानो हुँदा सेनाले १५ स्वर्ण, ११ रजत र १० कास्यसहित ३६ पदक जितेको छ ।

यसैगरी बागमती प्रदेशले छ स्वर्ण, पाँच रजत र दुई कास्यसहित १३ पदक जितेर सेनालाई पछ्याइरहेको छ । सशस्त्र प्रहरीको (एपिएफ) चार स्वर्ण, छ रजत र नौ कास्यसहित १९ पदक लिएर पदक तालिकाको तृतीय स्थानमा छ । आयोजक गण्डकी प्रदेशले हालसम्म दुई स्वर्ण, दुई रजत र छ कास्यसहित १० पदक जितेको छ ।

यसैगरी नेपाल प्रहरीले दुई स्वर्ण, एक रजत र तीन कास्यसहित छ पदक तथा सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र तीन कास्यसहित चार पदक जितेको छ । लुम्बिनी प्रदेशले चार रजत, एनआरएनएले एक रजत र प्रदेश नं १ ले पाँच कास्य पदक जितेका छन् । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीको सहभागिता रहेकामा कर्णाली प्रदेश र मधेस प्रदेशले पदकको खाता खोल्न सकेका छैनन् ।

नवौँ राष्ट्रिय खेलकुदको यही असोज २८ गते भव्य उद्घाटन गरिएको हो । प्रतियोगिता आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । कतिपय खेल उद्घाटनअगावै सञ्चालन गरिएको थियो । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा प्रतियोगिताअन्तर्गतका खेल जारी छन् भने केही खेल सुरु हुँदैछन् ।

कबड्डी महिला तथा पुरुष र खोखो महिला तथा पुरुषको खेल आजदेखि पोखरामा सुरु हुने प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले जानकारी दिए ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ३० बजे

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण