काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा परेको छ ।
उम्मेदवारी खारेजीविरुद्ध नेता गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । यसअघि शुक्रबार गुरुङको रिटमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिए ।
सत्ता गठबन्धनबाट रुपन्देही २ मा उम्मेदवारी दिएका नेकपा एसका नेता गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी ठहर भएर कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
रुपन्देही २ बाट एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । रुपन्देही २ बाटै उम्मेदवार बनेका कमल भुसालको पनि उम्मेदवारी आयोगले खारेज गरेको छ ।



















प्रतिक्रिया