२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

शताब्दी पुरुष स्व. सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जलीकाे तालिका यस्ताे छ…



काठमाडाैं । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ ।

आइतबार बिहान ७ बजेर ९ मिनेटमा उहाँको उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा १ सय ३ वर्षको उमेरमा निधन भएको हो । जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लो समय डेंगु संक्रमण समेत भएकाे थियो । डेंगु संक्रमणपछि उनलाई यहि असोज २३ गते छातिमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।

त्यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा राखेर गरेर उपचार भइरहेको थियो । जोशीको पार्थिव शरीरलाई अध्ययनका लागि राखिने भएपनि अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । श्रद्धाञ्जली दिनका लागि ९ः४५ बजेदेखि १०ः४५ बजेसम्म उनको शवलाई अस्पतालको शैय्यामा नै राखिने र १०ः४५ बाट ११ः३० सम्म परिवारकोतर्फबाट हिन्दुसंस्कार अनुसार गर्नुपर्ने काम हुने तालिका रहेको ललतिपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनले १०ः४५ देखि ११ः३० सम्ममा अस्पतालमा नै अन्तिम बिदाईका लागि राखिने, ११ः३० देखि १२ बजेसम्म अस्पतालको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तालिका रहेको छ । त्यस्तै १२ बजेदेखि १२ः३० बजेसम्म पालिका अस्पतालबाट ललितपुर महानगरपालिकामा ल्याउने र १२ः३० देखि अपराह्न ४ बजेसम्म महानगरपालिकाको प्राङ्गणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएकाे छ ।

त्यस्तै ४ बजेदेखि ४ः३० बजेसम्म पुनः किष्ट अस्पतालमा लगेर आफ्नो शरीर मृत्यु पर्यान्त मेडिकल साइन्सका विद्यार्थीहरुलाई अध्ययनका लागि हस्तान्तरण गरिने प्रण अनुसार किष्ट मेडिकल कलेजलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको मेयर महर्जनले बताए ।

उनको अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरु जाने कार्यक्रम रहेकाे छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १२ : ४५ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज