३० पुस २०८२, बुधबार | January 14, 2026

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ



काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ।

छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन्।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ।हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ। आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ दुई करोड एक लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ दुई करोड चार लाख मतपत्र छापिएको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  २ : ३९ बजे

स्रोत नखुलेको अमेरिकी डलरसहित एकजना पक्राउ

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम

सुनचाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड, किन भैरहेको छ दैनिक वृद्धि ?

काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार उकालेको रेकर्ड बनाउँदै आएको

सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरू हुँदै, विशेष महाधिवेशन पक्ष भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्ला दिनमा तीव्र बनेको आन्तरिक विवादका

नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख रुपैयाँ बरामद

सिन्धुलीको घ्याङलेखमा रहेको नेपाल एसबीआई बैंकबाट लुटिएको १ करोड ८०