२३ बैशाख २०८३, बुधबार | May 7, 2026

रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी दर्ता मात्र गरेर राखिएको अवस्थामा : निर्वाचन कार्यालय



बुटवल । सर्वोच्च अदालतले अन्तरिम आदेश पछि उम्मेदवारी कायम भएको भन्दै बुटवलमा खुसी मनाइएपनि रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धन दलका उम्मेदवार राजु गुरुङको उम्मेदवारी दर्ता भएको अवस्थामा मात्र कायम रहने गरि यथास्थितीमा राखेको जनाएको छ । उम्मेदवारी खारेजीको निर्वाचन कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएपछि कार्यालयले यथास्थितीमा राखेको हो ।

गठबन्धनका नेताहरुले निर्वाचन कार्यालयको निर्णय अदालतले कार्यान्वयन नगर्न भनेपछि उम्मेदवारी कायम भएको ठहर गर्दै प्रचार अभियानलाई गति दिएपनि निर्वाचन कार्यालयले भने असोज २३ गते दर्ता भएको अवस्थामा मात्र राखिएको र बाँकी काम अगाडी नबढाइएको जानकारी दिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र न. २ का निर्वाचन अधिकृत उदवीर नेपालीले सोमबार एक सूचना प्रकाशित गर्दै गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगरि यथावस्थामा राखिएको उल्लेख गरिएको छ । नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।

‘निर्णय कार्यान्वयन नगर्नु, नगराउनु, यथास्थितिमा राख्नु भनि यस कार्यालयको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको हुँदा उक्त आदेश बमोजिम यस कार्यालयबाट निज उम्मेदवार राजु गुरुङको उम्मेदवार खारेज गर्ने यस कार्यालयको मिति २०७९।०६।२५ मा भएको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ’ निर्वाचन अधिकृतको कार्यालयको सूचनामा भनिएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार गुरुङको उम्मेदवारी खारेज गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले अन्तरिम आदेशका निरन्तर हुने वा नहुने भन्ने विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।

खबरकुरासँग कुरा गर्दै निर्वाचन अधिकृत नेपालीले सर्वोच्चले खारेजको निर्णय कार्यान्वयन नगर्नु भनेका कारण असोज २३ कै अवस्थामा राखिएको बताए । अदालतको पूर्ण आदेश नआउँदा सम्म रुपन्देही २ को मतपत्र समेत छपाई नहुने र गुरुङको सवालमा असोज २३ यताको (निर्वाचन चिन्ह प्रदान) कुनै कार्य नहुने बताए । उहाँको योग्यता नपुगेर खारेज गरेका थियौं, सर्वोच्चले याथास्थितीमा राख्न भनेपछि दर्ता गरेर राखिएको अवस्थामा राखिएको छ । उनले भने, हामी २ स्टेप पार गरेर अगाडि बढी सकेका छौं, दर्ता यताको कुनै अरु निर्णय हुँदैन ।

निर्वाचन कार्यालयको सूचनाले गुरुङको उम्मेदवारी खारेज पनि नभएको र कायम पनि नरहेको जस्तो देखिएको सत्ता गठबन्धनकै एक नेताले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले चेक बाउन्स प्रकरणमा उच्च अदालत पाटनमा मुद्दा चलिरहेको भन्दै गुरुङको उम्मेदवारी बदर गरेको थियो।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ६ : २० बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा