१६ श्रावण २०८३, शनिबार | August 2, 2026

शिक्षा मन्त्रालयसँग भारतीय दूतावासको तीन अर्बको सम्झौता, ५६ वटा स्कुल पुनर्निर्माण गर्ने



काठमाडौं । भारतीय दुताबासले नेपालका नेपालका ५६ वटा सामुदायिक विद्यालय पुनर्निर्माण गर्दिने भएकोछ ।

दूताबासले सोमबार एक विज्ञप्ति जारी गरी गोखरा, नुवाकोट, धादिङ, दोलखा लगायतका जिल्लामा रहेका ५६ वटा विद्यालय पुनर्निर्माण गरिदिने गर्ने जनाएको हो ।

दूतबास र शिक्षामन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई बीच सात वटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दूताबासले विद्यालय पुनर्निर्माणका लागि लागि २ अर्व ९५ करोड रुपैयाँसहयोग गर्ने जनाएको छ।

दूताबासले विज्ञप्तिमा भनेको छ, ‘भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनर्निर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।’

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ६ : ५३ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा