९ पुस २०८२, बुधबार | December 24, 2025

बुटवलमा माओवादी, जसपा र एकीकृत समाजवादीका १७६ युवा एमाले प्रवेश



बुटवल । बुटवलमा विभिन्न पार्टी परित्याग गरी मंगलबार १७६ जना युवा नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका नेताहरूलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।

सो अवसरमा बोल्दै रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले एमाले रोजेका सबै नेताहरू उचित भूमिका दिने बताए । युवाको भविश्य र राजनीति विकास एमालेबाट मात्रै सम्भव भएको बताए ।

माओवादी नेता राजु शाही, विशाल राना, एकीकृत समाजवादी नेतृ राधादेबी अधिकारी, जसपा नेता सुनिल न्यौपाने, प्रबिनकुमार काफ्ले लगायत नेताहरू एमाले प्रवेश गरेका एमाले बुटवलका युवा नेता बाबुराम पन्थीले जानकारी दिए ।

मंगलबार नैं माओवादीका बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी र क्षेत्र नम्बर २ शाखा कमिटी सचिब ईतेन्द्रकुमार बज्रचार्य पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : १५ बजे

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

कर्णाली । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

घाइते खनालपत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड र नेपाल खनाल निवासमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा

तराईमा बिहानैदेखि शीतलहर, चिसोबाट जनजीवन प्रभावित

काठमाडौं । आज (बुधबार) तराईका अधिकांश स्थानमा बिहानै देखिकुहिरो (हुस्सु)