१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

बुटवलमा माओवादी, जसपा र एकीकृत समाजवादीका १७६ युवा एमाले प्रवेश



बुटवल । बुटवलमा विभिन्न पार्टी परित्याग गरी मंगलबार १७६ जना युवा नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेका नेताहरूलाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरे ।

सो अवसरमा बोल्दै रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले एमाले रोजेका सबै नेताहरू उचित भूमिका दिने बताए । युवाको भविश्य र राजनीति विकास एमालेबाट मात्रै सम्भव भएको बताए ।

माओवादी नेता राजु शाही, विशाल राना, एकीकृत समाजवादी नेतृ राधादेबी अधिकारी, जसपा नेता सुनिल न्यौपाने, प्रबिनकुमार काफ्ले लगायत नेताहरू एमाले प्रवेश गरेका एमाले बुटवलका युवा नेता बाबुराम पन्थीले जानकारी दिए ।

मंगलबार नैं माओवादीका बुटवल उपमहानगर कमिटी सदस्य विष्णुसिंह ठकुरी र क्षेत्र नम्बर २ शाखा कमिटी सचिब ईतेन्द्रकुमार बज्रचार्य पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ६ : १५ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा