५ पुस २०८२, शनिबार | December 20, 2025

राजु गुरुङको सुनुवाई माथेमा र रेग्मीको इजलासको अन्तिम पालोमा



काठमाडौं । रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिटमाथिको सुनुवाई न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा परेको छ । सर्वोच्चमा आज तोकिएको पेशी माथेमा र रेग्मीको इजलासको अन्तिम सूचीमा परेको हो ।

सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न र यथास्थितीमा राख्न आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।

आजको पेशी अन्तिममा परेका कारण नभ्याईने सूचीमा पर्न सक्ने सम्भावना रहेको छ ।

निर्वाचन आयोगले बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै उजुरी बिना उम्मेदवारी खारेज गरिदिएपछि सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले खारेजीका विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोचचले निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न समेत भनेको थियो । जिल्लाले दोषी ठहर गरे पनि यो मुद्दा सर्वोच्चमै विचाराधीन छ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ५० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता