२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश, २ लाख ५० हजार धरौटी बुझाएर रिहा



काठमाडौं । काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो । अदालतको आदेशसँगै क्षितिज २ लाख ५० हजार धरौटीमा रिहा भएका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : ०४ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल