१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

खेल क्षेत्रमा देखिएका कमजोरीलाई आगामी दिनमा सुधार्न आवश्यक : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समाप्तिसँगै प्रतियोगिताका क्रममा सिकिएका शिक्षाबाट कमजोर पक्षलाई आगामी दिनमा सुधार गर्नेगरी अघि बढ्न आवश्यक भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै उनले प्रतियोगिताले देशमा खेल, भावना, सद्भाव बढाउन मद्दत पु¥याएको बताए ।

उनले नेपाल सरकारले विभिन्न सीमा र अप्ठ्याराका बाबजुद खेलकुदलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै सरकार खेल क्षेत्रलाई अझै व्यवस्थित बनाउन प्रतिबद्ध रहेको बताए ।

चार दशक पुरानो इतिहास भएको राष्ट्रिय खेलकुद नियमित हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा राष्ट्रिय खेलकुदलगायत प्रतियोगिता नियमित तवरमा आयोजना हुने बताए । राष्ट्रिय खेलकुद खेलाडी, प्रशिक्षक, रेफ्री तथा अन्य प्राविधिक सबैको आफ्नो क्षमता र खेल कौशल प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको पनि देउवाले बताए । “यसले हाम्रा खेलाडीको खेल कौशललाई थप निखार्दै अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा मुलुकको तर्फबाट राम्रो प्रदर्शन गर्न सघाउ पुग्छ । अतः यो निश्चित समयको अन्तरालमा नियमित तवरमा भइरहनु आवश्यक हुन्छ ।” उनले भने ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल र सहभागी खेलाडी सङ्ख्याका आधारमा नेपाली खेलकुद इतिहासमा हालसम्मकै ठूलो प्रतियोगिता भएको दाबी गरे ।

उनले प्याराग्लाइडिङ खेल प्रतियोगितामा दिवङ्गत खेलाडीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे । आगामी दिनमा यस प्रकारका दुःखद् घटना घट्न नदिन आवश्यक सतर्कता अपनाउन पनि उनले सम्बद्ध सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री देउवाले वर्तमान विश्वमा खेलकुदले देशको नाम, पहिचान, प्रतिष्ठा र यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने माध्यम रहेको बताए ।

सरकारले खेल क्षेत्रलाई अर्थतन्त्र, कूटनीति र पर्यटनसँग पनि आबद्ध गर्दै यस क्षेत्रको दीगो र चौतर्फी विकास गर्ने नीति लिएको देउवाले जानकारी दिए । सीमित स्रोतसाधनका बाबजुद नेपाली खेलकुद क्षेत्रले प्राप्त गरेको उपलब्धि प्रशंसनीय भएको पनि उनले बताए ।

खेलकुद क्षेत्रमा राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै देउवाले यसलाई निजी क्षेत्रको लगानीलाई पनि प्रवद्र्धन गर्नुपर्ने जनाए ।

प्रतियोगितामा दुई प्रदर्शन खेलसँगै ३६ वटा खेल समावेश गरिएको थियो । ६ हजारभन्दा बढी खेलाडीले चार सय सात स्वर्णलगायत पदकका लागि प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  १० : ४७ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत