१३ असार २०८३, शनिबार | June 27, 2026

राष्ट्र बैंकको प्रतिवेदनले भन्छ – रेमिट्यान्स बाहेक अर्थतन्त्रका अन्य सूचक निराशाजनक (पूर्णपाठ)



काठमाडौं । देशको अर्थतन्त्र अझै पनि निराशाजनक रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनक गरेका आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार अझै पनि देशको अर्थतन्त्र संकटमै रहेको देखिएको हो । अर्थतन्त्रका अधिकांश सूचक दबाबमा रहेको प्रतिवेदनले देखाएको छ ।

विदेशी मुद्रा सञ्चिती गर्न केही महँगा वस्तुको आयात प्रतिबन्ध लम्बिरहेपनि सञ्चिति भने घट्ने क्रम रोकिएको छैन । दुई महिनामा २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । सरकारले पाँच महिनादेखि ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

महंगी बढेको छ भने चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको तथ्यांकले देखाएको छ । अर्थतन्त्र जोगाउने महत्वपूर्ण आधारको रुपमा रहेको रेमिट्यान्समा भने सुधार देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०७ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को