५ पुस २०८२, शनिबार | December 20, 2025

खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग



बारा । आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त चौधरीले बाराको क्षेत्र नम्बर १ मा चुनाबी प्रचारप्रसारका निम्ति सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बरनै परिर्वतन गरि प्रयोग गरिएको पाईएको हो ।

मन्त्री चौधरीले रातोनिलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेटनै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गर्दै आएका हुन । बारा जिल्ला घर भएका मन्त्री चौधरी कोही हप्तादेखि बारामै छन ।

उनले चुनाबी प्रचारप्रसारका निम्ति समेत सरकारी गाडी प्रयोग गर्दै आएको एक स्थानिए राम एकबाल चौधरीले बताए । “मैले पहिले मन्त्री ज्युको यही गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे”, चोधरीले भने, प्रहरी नै मन्त्रीसँग अघिपछि हुन्छ प्रशासन मौन छ, कसले कारबाही गर्ने खै ?’

निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ ।

यसअगि स्थानीय तहको निर्वाचनमा समेत उनले आचारसंहिता उल्लंघन गर्दै चुनाबी प्रचारप्रसारका निम्ती सरकारी गाडीको दुरुपयोग गरेको पाईएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३६ बजे

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश