४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधान संशोधन प्रस्तावमाथि संसदमा छलफलको प्रक्रिया सुरु हुँदै



काठमाडौं । सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आजबाट संसदमा पक्रिया अघि बढ्ने भएको छ ।

प्रतिनिधिसभाको कार्यसूचि अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ विचार गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि संसदको नियमित कार्यतालिका अनुसार संविधान संशोधन प्रस्तावमा सांसदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिइनेछ । यसपछि संसदमा छलफल भै विधेयक पास हुनेछ । प्रक्रिया अनुसार विधेयक पास हुन कम्तिमा पनि पाँच दिन लाग्ने देखिन्छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शालाई संवैधानिक रुपमा बैधानिकता दिन सरकाले संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

सरकारको प्रस्तावमा चित्त नबुझाएका राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टी (हाल पार्टी एकीकरण भै जसपा बनिसकेको छ ) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका तराई केन्द्रित ८ सांसदले समेत अलग अलग संविधान संशोधन विधेयक संसदमा दर्ता गराएका छन् । यद्यपी सरकारी विधेयक प्रक्रियामा गैसकेको छ ।

संसद अधिवेशनमा एउटै विषय समेटिएका दुई वटा विधेयक अघि बढ्न नसक्ने भएका कारण सरकारले दर्ता गराएको विधेयक मात्र अघि बढ्ने भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १२ : ११ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज