५ पुस २०८२, शनिबार | December 20, 2025

पूर्वसांसद मैयादेवी श्रेष्ठको ९२ वर्षको उमेरमा निधन



चितवन । समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो ।

उनको जन्म वि.स १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा भएको थियो ।

नारायणघाटमा २००३ सालमा बीपी कोइरालाबाट तत्कालीन नेपाली राष्ट्रिय कांग्रेसको सदस्यता लिएकी श्रेष्ठ १३ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति सदस्य रहेको इतिहास छ । उनी १५ सालको आम निर्वाचनमा चुनाव उठ्न चाहेकी थिइन् । पार्टीले विश्वबन्धु थापालाई उठाएपछि स्वतन्त्र उम्मेद्वारी दिए पनि पछि बीपीको अनुरोधमा थापालाई नै समर्थन गरेकी थिइन् ।

दसैंको फूलपातीको दिन साँझपख जन्मेकी श्रेष्ठलाई छोरी जन्मियो भनेर आमाले सिस्नोको झ्याङमा लगेर फालेकी थिइन् । बाबाले छोरी जन्माए सौता ल्याउँछु भनेका कारण आमाले आफुलाई सिस्नुघारीमा फोलको स्मरण गर्दै उनले छोरी पढाउ अभियान थालेको बताउादै आएकी थिईन् । उनका बाबुको नाम वीरबहादुर र आमाको नाम गणेशकुमारी हो ।

मैयादेवी श्रेष्ठको संक्षिप्त जीवनी
-विरगञ्जमा डिठ्ठा रहनुभएका वुवा विरवहादुर श्रेष्ठको निधनपछि सानै उमेरवाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी थिइन् ।

-नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान, दार्जिलिङ्ग देखि शिक्षक वोलाएर पठन पाठन सुरु गराइन् । अहिले यो स्कूलमा कक्षा १२ सम्मको पढाइ हुन्छ

-भरतपुरमा मैयादेवी कन्या कलेज स्थापनाका लागि करोडौ रुपैयाँ दान । सामुदायको ब्यवस्थापनमा सञ्चालनमा रहेको यो कलेजमा अहिले पनि कक्षा ११ देखि स्नाकोत्तर सम्मको पढाइ हुन्छ ।

-२०४८ सालमा गोरखावाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद

-काग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान

-चितवन कांग्रेसका लागि नारायणगढको मुटुमै भवन दान

-गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान

-नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान

-प्रजातन्त्रवादी पत्रकारहरुको सस्था प्रेस युनियन चितवनको भवन वनाउनका लागि पनि जग्गा दान

-पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश सन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई जग्गा दान

-बचेको सम्पत्ती उनकै नाममा ट्रष्ट वनाएर राखिने गरी दान

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ७ : ४६ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य