४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा : कार्यविधि मिचेर पुरस्कार वितरण



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर सिफारिस गरिएको पत्रकारहरुलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेल र पत्रकार पुजा पन्थीलाई कार्यविधि विपरित कार्यबिधि नाघेर पुरस्कार वितरण गरेको हो ।

१५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आवद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । आज पुरस्कृत दुबैको कार्यबिधि अनुसार सदस्सता लिएको अवधि पुग्दैन ।

महासंघ रुपन्देहीले गठन गरेको मुल्यांकन समितिको निर्णयअनुसार पत्रकार प्रतिक पौडेललाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो ।

त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य यमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए ।

सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ ।

यस सम्बन्धमा खबरकुराको जिज्ञासामा मुल्याँकन समितिको सिफारिसको आधारमा पुरस्कार वितरण गरिएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले प्रतिक्रिया दिए । सार्वजनिक गरिएको सूचनाका आधारमा आएका निवेदनहरुबाट नै मुल्याँकन समितिले छनौट गरि पठाएको र सोही सिफारिसलाई महासंघले अनुमोदन गरेको अध्यक्ष पोखरेलले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ४ : ४३ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा