४ जेष्ठ २०८३, सोमबार | May 19, 2026

कैलालीका ८ स्थानमा अस्थायी मतदान केन्द्र



कैलाली । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका-२ को वनदेवि मन्दिर र वडा नं. ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको छ ।

यस्तै गौरीगङ्गा नगरपालिका-६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नंं. ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका-३ को वडा कार्यालय र टीकापुर नगरपालिका-१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ। यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ छ भने स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले अस्थायी मतदाताले अस्थायी मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने बताए । जिल्लामा स्थायी मतदानस्थल दुई सय ३७ र मतदान केन्द्र छ सय २९ तोकिएका छन् । समानुपातिक मतपत्रका साथै सबै निर्वाचन क्षेत्रमा मतपेटिका पु¥याइसकिएको छ ।

तयारीको क्रममा सुदूरपश्चिम प्रदेशका कैलालीसहित कञ्चनपुर, डोटी, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रयोग गरिने मतपत्र पु¥याइसकिएको छ । अछाम र बाजुरामा केही दिनभित्रै यी मतपत्र पु¥याइने छ ।

प्रदेशका सबै नौ जिल्लाका प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमा (अस्थायी मतदाताबाहेक) १६ लाख ५६ हजार चार मतदाता छन् । प्रतिनिधिसभातर्फ कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र छन् ।

पहाडी क्षेत्रका अछाममा दुई र डोटी, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेलधुरामा एक-एक निर्वाचन क्षेत्र छन् । एक मतदान केन्द्रमा स्वयंसेवकसहित बढीमा ११ कर्मचारी खटाउन लागिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : ०८ बजे

नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

भरतपुर अस्पतालमा एकैदिन तीन हजारभन्दा बढी बिरामी

नारायणगढ । दुई दिनको बिदापछि सोमबार भरतपुर अस्पतालमा बिरामीको घुइँचो

निर्माण व्यवसायीले दिए मुलकभरका विकास निर्माणको काम ठप्प पार्ने चेतावनी

नेपालगन्ज। बिगत २ सातादेखि आन्दोलनमा उत्रिएका बाँकेका निर्माण व्यवसायीहरुले आफ्नो

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको विरोध, जेठ ५ गते दिउँसै लालटिन बालिने

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट तथा