२६ बैशाख २०८३, शनिबार | May 9, 2026

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै



महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका–८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन ।

कफ्र्यु आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत हिजो अपरान्ह देखी कफ्यु आदेश दिईएको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरुले पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ ‌। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहिवार अपरान्ह देखी कर्फ्यू आदेश जारी गरेको हो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : १० बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप