२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाण



भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् ।

रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाणले
हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लििङले सहयोग पुग्ने बताए ।

साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर बढ्दो वायुप्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लििङलाई सबैले सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्छ ।’

गृहमन्त्री खाणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कन्जुस्याइँ नगर्ने जनाए ।

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) चार दिने साइकल यात्रा’ को सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिए ।

उनका अनुसर भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ । यात्रामा १६ जना साइकलल यात्री सहभागी रहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक

चितवन मेडिकल कलेजले काठमाडौं र हेटौँडामा अस्पताल सञ्चालन गर्दै

चितवन । चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानि काठमाडौंको तीनकुने

एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

इलाम । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि