८ पुस २०८२, मंगलबार | December 23, 2025

साइक्लिङले पर्यटन प्रवर्द्धनमा सहयोग गरेको छ : गृहमन्त्री खाण



भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले साइक्लिङले आन्तरिक पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणमा सहयोग पुगेको बताएका छन् ।

रुपन्देहीको भैरहवादेखि तनहुँ जाँदै गरेका साइकल यात्रीलाई हरियो झण्डा फहराएर बिदाइ गर्ने क्रममा गृहमन्त्री खाणले
हरेक मानिसलाई स्वस्थ राख्न पनि साइक्लििङले सहयोग पुग्ने बताए ।

साइकल सिटी सिद्धार्थनगरले साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवादेखि तनहुँको मानुङकोटसम्मको चार दिने साइकल यात्रा सुरु गरेको हो ।

‘एकातिर पर्यटन प्रवर्द्धन हुन्छ भने अर्कोतिर बढ्दो वायुप्रदूषण रोक्न सहयोग पुगिरहेको छ,’ खाणले भने, ‘यस्तो महत्वपूर्ण साइक्लििङलाई सबैले सम्वर्द्धन र प्रवर्द्धन गर्नुपर्छ ।’

गृहमन्त्री खाणले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर सरकारले साइकल लेन बनाउन बजेट विनियोजन गर्न कुनै कन्जुस्याइँ नगर्ने जनाए ।

आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धनका साथै नगर तथा राष्ट्रमा साइकल लेन निर्माणमा सम्बधित निकायको ध्यानाकर्षण गर्दै साइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ भैरहवा देखि तनहुँको (रम्भा –मानुङकोटको) चार दिने साइकल यात्रा’ को सुरुवात गरिएको यात्राका संयोजक राजेश खरेलले जानकारी दिए ।

उनका अनुसर भैरहवाबाट सुरु भएको यात्रा पाल्पा रामपुर हुँदै तनहुको मानुङकोट पुग्ने छ । यात्रामा १६ जना साइकलल यात्री सहभागी रहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : ०५ बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक