४ श्रावण २०८३, सोमबार | July 20, 2026

रक एण्ड रोल स्टार जेरीको निधन



एजेन्सी । ‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए ।

जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए । उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए । उनको गीत वासनाले भरिएको हुन्थ्यो । उनको करियर सन् १९५८ मा सकिएको थियो । उनले १३ वर्षकी कजिनसँग् विवाह गरेका थिए । जबकी उनको यसअघि नै एक श्रीमति थिइन् ।

यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो । जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए । तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो । यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो ।

उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए । मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

जेरीका गीत निकै रुचाइएका गीतमा पर्छन् । उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो । उनको फ्यान फलोइङ पनि धेरै थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ४६ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री