१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

‘स्पाइडर म्यान’ फेम टम हल्यान्डले अभिनयबाट ब्रेक लिने



लस एन्जल । हलिउडका दिग्गज टम हल्यान्ड पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेपछि २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म ‘स्पाइडरम्याना: फार फ्रम होम’ मा सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो।

सन् २०१६ बाट सुरु भएको यो यात्रा अहिले यस्तो विन्दुमा पुगेको छ कि चर्चित लेखक तथा हास्य कलाकार डोमिनिक हल्याण्डका छोरा टम आज कुनै पनि पहिचानमा भर परेका छैनन् । अहिले भर्खरै उनले अभिनयबाट ब्रेक लिन चाहेको खुलासा गरेका छन् । उनले आफ्नो घोषणाले सबैलाई चकित पारेका छन् ।

विश्वमा ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले छिट्टै अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् । यो कुनै किसिमको हल्ला होइन, उनले अभिनयबाट ब्रेक लिएको आधिकारिक बयान दिएका छन् । ‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि अभिनेताले अब एक वर्ष बिदा लिने बताएका छन् ।

अभिनेताले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताए । टम आजकल आफ्नो आगामी वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको पनि बताए । यो सिरिजमा काम गर्दा उनी निकै थकित छन् । त्यसैले उनी अब एक वर्षको ब्रेक लिन चाहन्छन् । द क्राउडेड रुम एप्पल टिभीमा जुन ९, २०२३ मा रिलिज भएको छ।

‘द क्राउडेड रुम’का निर्माताले एक अन्तर्वार्तामा भने, ‘उनीमाथि दबाब बढ्यो । हल्याण्डले शृङ्खलामा ड्यानी सुलिभानको भूमिका खेल्छन्। यो मानसिक रोगबाट पीडित भएर पनि सफल जीवन जिउन संघर्ष गरिरहेका मानिसहरूका सत्य र प्रेरणादायी कथाहरूमा आधारित छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : ३२ बजे

जगद्गुरु शंकराचार्यद्वारा भालेश्वर महादेव मन्दिरमा पूजा-अर्चना, चन्द्रागिरिको सौन्दर्यको प्रशंसा

काठमाडौं। दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य श्री

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु

प्रतिनिधिसभा बैठक : दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला

कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, ३८ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३८ यात्रु घाइते

दिगो पर्यटन प्रवर्द्धनका लागि पञ्चवर्षीय रणनीति

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम