१७ बैशाख २०८१, सोमबार | April 29, 2024

‘स्पाइडर म्यान’ फेम टम हल्यान्डले अभिनयबाट ब्रेक लिने



लस एन्जल । हलिउडका दिग्गज टम हल्यान्ड पहिलो पटक मल्टिस्टारर फिल्ममा देखा परेपछि २०१९ मा टमलाई मुख्य भूमिकामा फिल्म ‘स्पाइडरम्याना: फार फ्रम होम’ मा सार्वजनिक रूपमा प्रस्तुत गरिएको थियो।

सन् २०१६ बाट सुरु भएको यो यात्रा अहिले यस्तो विन्दुमा पुगेको छ कि चर्चित लेखक तथा हास्य कलाकार डोमिनिक हल्याण्डका छोरा टम आज कुनै पनि पहिचानमा भर परेका छैनन् । अहिले भर्खरै उनले अभिनयबाट ब्रेक लिन चाहेको खुलासा गरेका छन् । उनले आफ्नो घोषणाले सबैलाई चकित पारेका छन् ।

विश्वमा ‘स्पाइडर म्यान’ भनेर चिनिने टम हल्याण्डले छिट्टै अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् । यो कुनै किसिमको हल्ला होइन, उनले अभिनयबाट ब्रेक लिएको आधिकारिक बयान दिएका छन् । ‘द क्राउडेड रुम’ शृंखलामा काम गरेपछि अभिनेताले अब एक वर्ष बिदा लिने बताएका छन् ।

अभिनेताले एक अन्तर्वार्तामा आफू अहिले निकै थाकेको र एक वर्षको ब्रेक लिन चाहेको बताए । टम आजकल आफ्नो आगामी वेब सिरिज ‘द क्राउडेड रुम’ मा व्यस्त छन्। टमले यो सिरिजका लागि आफूले निकै मेहनत गरेको पनि बताए । यो सिरिजमा काम गर्दा उनी निकै थकित छन् । त्यसैले उनी अब एक वर्षको ब्रेक लिन चाहन्छन् । द क्राउडेड रुम एप्पल टिभीमा जुन ९, २०२३ मा रिलिज भएको छ।

‘द क्राउडेड रुम’का निर्माताले एक अन्तर्वार्तामा भने, ‘उनीमाथि दबाब बढ्यो । हल्याण्डले शृङ्खलामा ड्यानी सुलिभानको भूमिका खेल्छन्। यो मानसिक रोगबाट पीडित भएर पनि सफल जीवन जिउन संघर्ष गरिरहेका मानिसहरूका सत्य र प्रेरणादायी कथाहरूमा आधारित छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : ३२ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा