१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अमृता सिंह : टुट्यो विवाह, गुम्यो करियर



मुम्बई । बलिउड अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानले सन् १९९१ मा विवाह गरे । आफ्नो विवाहले यो जोडी दंग थिए, किनकी विवाहकै लागि उनीहरूले कैयौं निर्णय लिएका थिए ।

उमेरले सैफ अमृताभन्दा १४ वर्ष कान्छा थिए । करियरको मामलामा पनि सैफ र अमृताको करियर आकाश पातालको फरक थियो । अमृता स्टारडममा रमाइरहँदा सैफ भने करियर बनाउन संघर्षरत थिए ।

सैफ कामको खोजीमा थिए र जुन काम पाउँथे, त्यसको खासै महत्व हुँदैन थियो । तर, भाग्यमा जे पाउनु थियो, त्यो पाए । अमृतासँगकाे विवाहपछि सैफले करियर त बनाए, तर अमृताले के पाइँन ?

अमृतासँग विवाह गरेपछि सैफको भाग्यको ढोका खुल्यो । उनको सुस्त करियर तिब्र रुपले चल्न थाल्यो । उनले काम पाउन थाले, दर्शकले मन पराउन थाले । एक समय यस्तो पनि आयो कि सैफको ‘चार्मिङ लुक्स’ देखेर युवतीहरु मोहित भए ।

तर अमृताले के पाइँन् ? सैफसँग विवाह हुँदा उनी बलिउडकी जल्दोबल्दो अभिनेत्री थिइन् । दर्शकहरु उनलाई मनपराउँथे । ठूला स्टारसँग काम गरेपछि पाएको सफलताले उनी उत्साहित थिइन् । तर, सैफसँगsf] विवाहपछि उनको करियरको उल्टो गिन्ती सुरु भयो ।

सैफसँग विवाह पछि २–३ वर्ष अमृता केही फिल्ममा मात्र देखिइन् । तर विस्तारै उनले फिल्म पाउन नै छाडिन् । घर परिवारको जिम्मेवारीमा परेपछि उनले फिल्मबाट दूरी बनाइन् ।

सैफको करियर चम्किइरहँदा अमृताको चमक भने फिका हुँदै गएको थियो । अन्ततः आमा बनेपछि अमृता सन् १९९५ देखि पूर्ण रुपमा फिल्मबाट टाढिइन् ।

जुन सम्बन्धका लागि अमृताले सबै छोडिन्, त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सैफ र अमृताको सम्बन्धमा आएको दरार पहिलाको जस्तो सन्तुलिन रहन सकेन । छोरा इब्राहिमको जन्मपछि दुवैको सम्बन्ध बिग्रियो र सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरे ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  १० : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा