२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कक्षपति र खत्री जिताउन कस्सिए पुर्वपञ्च फत्तेसिंह थारु



खजुरा । बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(१)मा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारद्धयलाई जिताउन पूर्व पञ्च फत्तेसिंह थारुले मैदानमै कमाण्ड सम्हाल्न पुगेका छन् । क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा किस्मत कुमार कक्षपति र प्रदेशसभाका रत्न खत्री राप्रपाको समर्थनमा उम्मेदवार बनेका कारण थारु कमाण्ड सम्हाल्न पुगेका हुन् । एमालेको तर्फबाट उम्मेदवार कक्षपति र खत्रीको प्रचारमा राप्रपाका बरिष्ठ नेता रहेका थारु सोमबार दिनभर बैजनाथ गाउँपालिकाका विभिन्न गाउँको घरदैलोमा सहभागी भएका छन् ।

केही दिनयता पुर्वमन्त्री थारुको प्रमुख आतिथ्यतामा प्रदेश ३(१)मा औपचारिक र अनौपचारिक कार्यक्रम भईरहेका छन् । सोमबार आयोजित विभिन्न कार्यक्रममा पञ्चायती व्यवस्थाका पुर्व मनत्री थारुले एमाले उम्मेदवार खत्रीमा युवा जोश र जागर रहेको तथा क्षेत्रको विकासका लागि केही गरौं भन्ने सोच देखिएको बताउँदै एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको बताए ।

एमाले बाँके जिल्ला कमिटीका सचिव समेत रहेका उम्मेदवार खत्रीले प्रदेशको विकास र समृद्धिका लागि आफु उम्मेदवार बनेको बताउँदै अन्य पार्टीले पटक–पटक जनतामा असफल भईसकेका ब्यक्तिलाई जबरजस्ती मैदानमा उतारेको टिप्पणी गरे । निर्वाचनपछि प्रत्येक महिना गाउँ आउने र विकास र समृद्धिको विषयमा जनतासँग अन्तरक्रिया गर्ने पनि उनले बताए ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले प्रदेश कमिटीका सदस्य घननाथ खनालले पुर्वमन्त्री थारुको सक्रियताले संयुक्त चुनावी कार्यक्रममा थप रौनकता आएको बताए । एमाले नेताहरु नन्द बिक, गुमान दमाई, मानवहादुर रुचाल, प्रेम सुवेदी, धर्मलाल रोकाय, राप्रपाका नेता ठाकुरसिंह थारु लगायतका नेताहरु सहित बाँके ३ को प्रदेश (१)मा भेटघाट तथा घरदैलो चलिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ०२ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ