३ पुस २०८२, बिहिबार | December 18, 2025

ओलीको प्रतिवाद गर्दा पार्टी छोड्न बाध्य भएँ : घनश्याम भुसाल



रुपन्देही । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान च्यात्न खोजको र त्यसको प्रतिवाद गर्दा आफू पार्टी छोड्न बाध्य भएको दावी गरेका छन् । घरदैलो अभियानका क्रममा उनले मंगलबार यस्तो बताएका हुन् ।

उनीसँगै प्रदेशसभा सदस्य पदका उम्मेदवारद्धय अब्दुल रज्जाक र विश्वनाथ यादवले पनि रोहिणी, ओमसतिया गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा घरदैलो अभियानलाई निरन्तरता दिइरहेका हुन् ।

उम्मेदवारहरूले रोहिणीका वडा नम्बर ४, ५ र ६ ओमसतियाको ६, तिलोत्तमाको ८ र १२ तथा देवदह नगरपालिका(१० मा सम्पर्क कार्यालय उद्घाटन गरेका छन् । प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार नेता भुसालले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा भौतिक निर्माणका काममा तिव्रता दिने बताए । उनले सुकुम्मबासी समस्याको समाधान गरिने पनि बताए । सुकम्बासी समाधानबारे गहन अध्ययन थालिसकेको उनको भनाइ छ ।

एमाले परित्याग गरेर गठबन्धनको समर्थनमा त्रिभुज चुनाव चिन्ह लिएर रुपन्देही १ मा उम्मेदवार बनेका नेता भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बनेको बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : २६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका