२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौं र भक्तपुरमा २ किशोरीमाथि बलात्कार



काठमाडौं । काठमाडौ र भक्तपुरमा १६ र १४ वर्ष उमेरका २ जना किशोरी बलात्कृत भएका छन् । बलात्कारको अभियोगमा दुबै स्थानबाट अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भक्तपुरमा भएको घटनामा बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुर सूर्यबिनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रुपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

खड्काले ती बालिकालाई पटक पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यता काठमाडौंको कलंकीस्थित एक गेष्ट हाउसमा १६ वर्षीया किशोरीमाथि पनि बलात्कार भएको छ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित गेष्ट हाउसमा लगी विभिन्न मितिमा पटक पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १ : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ